काठमाण्डु– प्रगतिशील लोकतान्त्रिक पार्टीका संस्थापक नेता जनार्दन शर्माले सम्पत्ति छानबिन गर्नुपर्छ भनेर आफूले आवाज उठाएको स्पष्ट पारेका छन् ।
मंगलबार सामाजिक सञ्जालमा लेख्दै शर्माले सम्पत्ति छानबिन गर्नुपर्छ आफूले सदन र त्यतिखेरको नेकपा माओवादी केन्द्रमा विषय उठाएको बताएका हुन् ।
उनले यो मामलामा अहिले पनि अडिग रहेको दाबी गरेका छन् । यस्तै उनले अहिले मिडिया ट्रायल गरेर भ्रम सिर्जना गर्न खोजिएको समेत बताएकाछन् ।
उनले लेखेका छन् ‘साथीहरू, सम्पत्ति छानबिन गर्नुपर्छ भनेर मैले सदन र पार्टीमा पनि विषय उठाएको हुँ। त्यसमा म अहिले पनि अडिग छु। तर, सरोकार नै नभएको विषय बनाई भ्रम सिर्जना गर्ने उद्देश्य राखेर गरिने मिडिया ट्रायलप्रति दुःख व्यक्त गर्दछु।’




प्रतिक्रिया