नेपाल प्रहरीसहित ४ निकायका कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन निर्देशन

नेपाल प्रहरीसहित ४ निकायका कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र राष्ट्रिय सतर्कता केन्द्रका प्रहरीतर्फका बहालवाला तथा अवकाशप्राप्त कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन लैनचौरस्थित राष्ट्रिय किताबखानाले निर्देशन दिएको छ ।

किताबखानाका अनुसार आर्थिक वर्ष २०८२–८३ को सम्पत्ति विवरण ६० दिनभित्र बुझाउन निर्देशन दिइएको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा १, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ (क) को उपदफा १ तथा सम्बन्धित सेवा समूह सञ्चालन गर्ने नियमावली बमोजिम सम्पत्ति विवरण फाराम भरी आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र अर्थात् भदौ २९ गतेभित्र, तोकिएको कार्यालयमार्फत राष्ट्रिय किताबखाना (प्रहरी) मा बुझाउन निर्देशन दिइएको हो ।

तोकिएको म्यादभित्र सम्पत्ति विवरण नबुझाएमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (३) बमोजिम १० हजार रुपैयाँ जरिवाना हुने राष्ट्रिय किताबखानाले जनाएको छ ।

किताबखानाका अनुसार तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाएमा सम्बन्धित कर्मचारीलाई १० हजार रुपैयाँ जरिवाना गरिनेछ।