संसद अधिवेशन बाेलाउन माग गर्दै भीम रावल र पम्फा भुसाल शीतलनिवास पुगे

संसद अधिवेशन बाेलाउन माग गर्दै भीम रावल र पम्फा भुसाल शीतलनिवास पुगे


कठमाण्डु – संसद अधिवेशनको माग गर्दै नेकपाका सांसदहरु राष्ट्र्पति कार्यालय शीतलनिवास पुगेका छन् ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेपछि संघीय संसदको विशेष अधिवेशनको माग गर्दै सांसदहरुको हस्ताक्षरसहितको निवेदन लिएर नेकपाका केही सांसदहरु शीतलनिवास पुगेका छन् ।

नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोली राष्ट्रपति कार्यालय पुगेका हुन् । तर उनीहरुले विशेष अधिवेशन माग गर्दै लेखेको निवेदन र सांसदहरुको हस्ताक्षर राष्ट्रपतिलाई बुझाउन नपाएको नेताहरुले बताएका छन् ।

राष्ट्रपति कार्यालयका सचिवलाई घण्टौं कुर्दा पनि उनलाई भेट्न नसकेको शीतल निवास पुगेका नेताहरुले बताएका छन् ।