काठमाण्डु- प्रतिनिधिसभाको उपभामुख निर्वाचनको मिति आगामी माघ ७ गते तोकिएको छ । संसदका जेष्ठ सदस्यको रुपमा सभाध्यक्ष पशुपतिशमशेर राणाले उपसभामुखको निर्वाचन गर्न मिति तोकेका हुन् । उपसभामुखको निर्वाचन तालिका आजै प्रकाशित गर्न संसद सचिवालयलाई निर्देशन दिइएको छ ।
त्यस्तै सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । सभामुखमा सत्तारुढ दलको तर्फबाट घिमिरे र कांग्रेसको तर्फबाट ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दिएका थिए । घिमिरेले १६७ मत पाएर निर्वाचित हुँदा न्यौपानले १०० मात्र मत पाएकी छन् ।




प्रतिक्रिया