सांसदलाई भोलिसम्म काठमाण्डु आइपुग्न आठ दलको निर्देशन

सांसदलाई भोलिसम्म काठमाण्डु आइपुग्न आठ दलको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्तारुढ आठ दलको बैठकले भोलि बुधबार बिहान ११ बजेसम्म सांसदहरुलाई काठमाण्डु आइपुग्न निर्देशन दिएको छ । मंगलबार नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको बैठकले सांसदहरुलाई उक्त निर्देशन दिएको हो ।

८ दलले गठन गरेको कार्यदलको बैठकले राष्ट्रपति निर्वाचनमा मतदान गर्ने तरिकालगायत विषयमा आन्तरिक रूपमा प्रशिक्षण दिन सबै सांसदहरुलाई बुधबार नै काठमाण्डु आइसक्न निर्देशन दिएको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।

यस्तै बैठकले शतप्रतिशत भोट खस्ने गरी ८ दलले पहल गर्ने पनि निर्णय गरेको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदै छ ।