आइतबारदेखि बजेट अधिवेसन सुरु हुने

आइतबारदेखि बजेट अधिवेसन सुरु हुने

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- संघीय संसद अन्तर्गतका दुवै सदनका बैठक आइतबारदेखि सुरु हुदैँछ । पुष्पकमल दाहाल प्रचण्डको मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आब्हान गरेका हुन ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद सचिवालयमा महासचिव भरतराज गौतमले जानकारी दिएका छन् । आगामी जेठ १५ गते आउने आर्थिक बर्ष २०८०/२१ को बार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ ।