प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट मुर्रा भैंसी चढेर फर्केको भनेपछि संसदमा हंगामा


काठमाण्डु- प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट मुर्रा भैंसी चढेर फर्केको भनेपछि सत्ता पक्षका संसदले विरोध जनाएका छन् । सत्ता पक्षका सांसदले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट भैंसी चढेर फर्केको शव्द संसदको रेकडबाट हटाउन आग्रह गरेपछि तनाव सिर्जना भएको हो ।

प्रतिपक्षी दलका सांसदले मुर्रा भैँसीको बारेमा भैँसी चढेको विषयमा प्रधानमन्त्री प्रचण्ड पनि बोलेको भन्दै विरोध गरेका छन् । एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डले पनि उक्त विषयमा बोलेको भन्दै विरोध जनाए ।

त्यस्तै रास्वपाका सभापति रवि लामिछानेले पनि प्रचण्डले पनि यस विषयमा बोलेको भन्दै सत्ता पक्षले बोल्दा केही नहुने विपक्षीलाई मात्र पेल्ने खोजेको बताए । सत्ता पक्ष र प्रतिपक्षी पछि भनाभन भएपछि सभामुखले उक्त शब्द जो कोहीँले बोलेको भएपनि रेकडबाट हटाइने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement