प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार

प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभाको अर्को बैठक असार २२ गते शुक्रबार अपराह्न ३ बजे बस्ने भएको छ । यसअघि आज सञ्चालन भइरहेको बैठक आधा घण्टापछि बस्ने गरी स्थगित भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रीतम सिंह पटक पटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद् अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । पुनः बैठक सञ्चालन गर्ने विषयमा दलहरूबीच सहमति नजुटेपछि बिहीबारसम्मका लागि स्थगित गरिएको थियो ।