काठमाण्डु- सभामुख देवराज घिमिरेको आह्वानमा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक निष्कर्षबिहीन टुंगिएको छ। संसदको गतिरोध हटाउन सभामुख घिमिरले नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेतासँग छलफल गरेका थिए ।
सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउने विषयमा सत्ता र प्रतिपक्षबीच कुरा नमिल्दा सभामुख देवराज घिमिरेको कार्यकक्षमा सोमबार दिउँसो बसेको शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष टुंगिएको हो।
सभामुख घिमिरेको पहलमा सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो।
तर, उच्चस्तरीय समिति बनाएर सुन प्रकरण छानबिन गर्न सरकार तयार नदेखिएकाले उक्त बैठकमा सहमति जुट्न नसकेको हो । साउन १० गते बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गरेको थियो। त्यसपछिका दुई वटा बैठक पनि सूचना टाँसेरै स्थगित भएको थियो।




प्रतिक्रिया