प्रतिनिधिसभा बैठक भोलि ३ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक भोलि ३ बजेसम्मका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागमा सहमति जुट्न नसकेपछि सोमबार बस्ने भनिएको प्रतिनिधिसभा बैठक पुन: स्थगित भएको हाे।

आज बस्ने भनिएको बैठक सूचना टाँस गरेर मंगलवार सम्मको लागि स्थगित भएको हो । सभामुख घिमिरेले संसद गतिरोध अन्त्यका लागि सोमबार पहल थालेका थिए। सिंहदरवारमा सभामुखसहित शीर्ष नेताहरू बसेको बैठक अनिर्णित भएपछि अर्को बैठक बानेश्वरमा बसेको हो।

बैठकमा सभामुख घिमरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन्।