कामठाण्डु- प्रमुख प्रतिपक्षी नेकपा एमाले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास र सुन तस्करी प्रकरणलाई लिएर दिएको जवाफमा आपत्ति जनाएको छ। उपप्रधानमन्त्री श्रेष्ठले एमालेले संसद् अवरोध गरेका कारण आफूले आएर जवाफ दिन नपाएको आशय व्यक्त गरेपछि एमालेले आपत्ति जनाएको हो ।
यसबीचमा माओ वादी केन्द्रको केन्द्रीय समिति बैठक चलेको स्मरण गराउँदै एमाले सचेतक महेश बर्तौलाले गृहमन्त्रीले आफूहरुलाई दोष दिएर उम्किन नपाउने बताए।
साउन ३ गते बरामद भएको १०० केजी सुनबारे गृहमन्त्री र अर्थमन्त्रीलाई थाहा नभई प्रधानमन्त्रीलाई मात्रै थाहा भएको विषय नै शंकास्पद रहेको उनको भनाइ छ।यसैबीच १३ दिनपछि बसेको लप्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश नगरी बुधबार दिउँसो एक बजेसम्मका लागि स्थगित भएको छ।
सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जबाफ चित्तबुझ्दो नभएको भन्दै नेकपा एमालेले संसद्मा नाराबाजी गरेपछि आजको बैठक स्थगित भएको हो।उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै एमाले सांसद्हरूले नाराबाजी गरेका थिए।




प्रतिक्रिया