संसद् खुलाउन सभामुख घिमिरेको पहल जारी

संसद् खुलाउन सभामुख घिमिरेको पहल जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सभामुख देवराज घिमिरेले पटक–पटक शीर्ष तीन दलका नेतासँग संसद् बैठक सुचारु गर्न आग्रह गरिरहेका छन्। तर, १० साउनदेखि प्रतिनिधिसा बैठक एमालेको अवरोधका कारण अझै खुलेको छैन।

सभामुखको आग्रह विपरीत राजनीतिक दल सहमतिमा नपुग्दा संसद् बैठकले अवरुद्ध हुँदै आएको हो । आज पनि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समिति बैठक बोलाएका छन्।

संसद् बैठक बस्नुअघि सभामुखले कार्यव्यवस्था परामर्श समिति बैठक बोलाएका हुन् । संसद् अवरोध हटाउने विषयमा तीन दलका शीर्ष नेताहरूबीच सहमति नजुटेपछि सभामुखले कार्यव्यवस्था समिति बैठक बोलाएका हुन्।

बैठकमा सबै राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकलाई निम्ताइएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ। आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्ने कार्यसूची छ।