संसदमा कांग्रेसको पनि अवरोध

संसदमा कांग्रेसको पनि अवरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेको छ ।

नेकपाको प्रचण्ड–नेपाल समूहका सांसद्ले बैठक बहिष्कार गरे लगत्तै कांग्रेस सांसद्ले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गर्न माग गर्दै बैठकमा उठेर अवरोध गरेका हुन् ।

संविधानको भावना विपरित अध्यादेशबाट सरकारले शासन चलाएको भन्दै कांग्रेस सांसद पुष्पा भुसालले बैठकमा आपत्ति जनाएकी हुन् ।

उनले संवैधानिक अंगमा आफू अनुकुल नियुक्ति गर्नका लागि संवैधानिक परिषद् ऐनमा अध्यादेशमार्फत् संशोधन गर्न खोजिएको आरोप लगाइन् ।