संसदमा माओवादीले घाँटी रेटेर मान्छे मारेको भनेपछि…

संसदमा माओवादीले घाँटी रेटेर मान्छे मारेको भनेपछि…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रतिनिधिसभाको बैठकमा राप्रपाका सांसदले माओवादीलाई लक्षित गर्दै हत्या हिंसा गरेर आएको भनेपछि संसदमा हंगामा भएको छ । आज बसेको संसद बैठकमा राप्रपा संसद ज्ञानेन्द्र शाहीले माओवादीलाई लक्षित गर्दै घाँटी रेटेर मान्छे मारर संसदमा प्रदेश गरेको पार्टी भनेपछि हंगमा भएको हो ।

शाहीले आफ्नो राजीनामा माग्ने माओवादी सांसद माधव सापकोटालाई लक्षित गर्दै संविधान पल्टाएर जवाफ दिएका थिए । उनले संविधानले दिएको अधिकार प्रयोग गरेको भन्दै आफू ८ वर्षको बच्चालाई घाँटी काटेर, मान्छेको हत्या गरेर नआएको र राज्यको सम्पति विनाश पनि नगरेको भन्दै धारणा राखेका थिए ।

शाही बोल्दा बोल्दै सत्तारुढ माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरेपछि प्रतिनिधिसभा बैठकमा केहीबेर विवाद भयो ।

त्यसपछि पाण्डेलाई काउन्टर गर्दै कांग्रेस सांसद सुनिल शर्माले एउटा सांसदले बोल्दा अर्कोले नियमापत्ति गर्न नपाउने बताए । उनले आफूलाई सरकारले थुनेर छुटेपछि संसदमा आएर बोल्ने बेला पनि पाण्डेले यसैगरी नियमापत्ति गरेको भन्दै शाहीको पक्ष उभिए । सत्तापक्षकै सांसद आफ्नो विपक्षमा उभिएपछि पाण्डे आफ्नो स्थानमा बसेका थिए ।