काठमाण्डु- नेकपा एमालेले विवादमा मुछिएका मन्त्रीहरूलाई बर्खास्तको माग गर्दै प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेको छ ।
बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरूले सरकारले सभामुखको रुलिङलाई समेत बेवास्ता गरेर विवाद र भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूबारे जवाफ पनि नदिएको र राजीनामा नआएको भन्दै एमाले सांसदहरूले बैठक अवरोध गरेका हुन् ।
त्यसपछि एमाले सांसदहरूले विवादित मन्त्रीहरूलाई तत्काल बर्खास्त गर भन्दै नाराबाजी गरेका थिए । एमाले सांसदहरुको नाराबाजीपछि संसद बैठक १५ मिनेटलाई स्थगित भएको छ ।




प्रतिक्रिया