कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखले कांग्रेस सांसद सुशीला थिङले बोलेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झालाई बोल्न दिएपछि कांग्रेस सांसदहरूले अवरोध गरेका हुन् ।

त्यसपछि सत्तापक्षका सांसदहरूले पनि आसनबाट उभिएर बैठक अवरुद्ध गरे । सभामुख देवराज घिमिरेले विधायिकी काममा ढिलाइ भएको, सांसदहरूलाई बोल्न नियमावली अनुसार समय दिएको, संसद् बैठक सञ्चालनको वातावरण बनाउन र सांसद झालाई बोल्न दिन आग्रह गरेका थिए । तर, सांसदहरुले नमानेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।