लगातारको अवरोधपछि संसद बैठक बैशाख २ गतेसम्मका लागि स्थगित

लगातारको अवरोधपछि संसद बैठक बैशाख २ गतेसम्मका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरुले प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् । बुधबारको बैठकमा सभामुखले शुन्य समय शुरु गर्नासाथ कांग्रेस र राप्रपाका सांसदले उठेर विरोध गरेका थिए ।

यसअघि सभामुखले दलीय आधारमा सांसदहरुलाई बोल्ने समय दिएका थिए । दलीय आधारमा सांसदहरुलाई बोल्नकाे लागि भने अवरोध गरिएको थिएन ।

लगातारको अवरोधपछि सभामुखले संसदको बैठक बैशाख २ गते ११ बजेसम्मका लागि स्थगित गरेका छन् ।