सरकारको नीति तथा कार्यक्रमको प्रस्तुति अन्योलमा

सरकारको नीति तथा कार्यक्रमको प्रस्तुति अन्योलमा

फाइल फोटो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- संसदको संयुक्त बैठकमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रम कांग्रेसको अवरोधका कारण अन्योलमा परेको छ ।

नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गर्ने अडान कायम राखेपछि मंगलवार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषय अन्योलमा परेको हो ।

यसैबीच सभामुख देवराज घिमिरेले चितवनमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग फोन वार्ता गरी सरकारको नीति तथा कार्यक्रम सम्बन्धमा छलफल गरेका छन् । उनीहरूबीच राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीबाट भएका प्रयास र संसदको तयारीबारे छलफल भएको छ ।

प्रधानमन्त्रीले सभामुखलाई राजनीतिक सहमतिका लागि प्रमुख प्रतिपक्षी दलसँग छलफल भएको जानकारी दिएका थिए । उनले सत्ताघटक दलहरूसँग पनि विपक्षीका मागबारे छलफल भएको र आज साँझसम्म निष्कर्षमा पुगिने उल्लेख गरे । प्रधानमन्त्रीले आफू चितवनबाट फर्केलगत्तै संवाद सुरु गर्ने बताए । उनले राष्ट्रपतिसँग भएको छलफलबारे पनि सभामुखलाई जानकारी गराएका थिए ।

सभामुखले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग आइतबार गरेको छलफल कुनै निष्कर्षमा पुग्न सकेको थिएन ।