काठमाण्डु- प्रतिनिधिसभाको आजको बैठक अपराह्न चार बजेका लागि सारिएको छ। सदन सञ्चालनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरबीच भएको टेलिफोनवार्तापछि बैठक चार बजेका लागि सारिएको हो ।
प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले बैठक निर्धारित समयभन्दा पछि सार्न आग्रह गरेका थिए । यसअघि प्रतिनिधिसभाका बैठक ११ बजे बोलाइएको थियो ।
कांग्रेसले सहकारीको रकम अपचलनका सन्दर्भमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गर्दै आएको छ । प्रधानमन्त्री दाहालले आजको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्ने वातावरण निर्माण गरिरहेको जानकारी दिएका छन् ।




प्रतिक्रिया