कार्यदल निष्कर्षमा पुग्न नसक्दा प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ

कार्यदल निष्कर्षमा पुग्न नसक्दा प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ

सहकारी संस्था ठगीबारे संसदीय छानबिन समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदल बैठकमा निष्कर्ष ननिस्किँदा प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ भइरहेको छ ।

सहकारी संस्था ठगीबारे छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सिंहदरबारस्थित कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसिरहेको छ । कार्यदल बैठकले टिओआरमा सहमति नगरेसम्म विपक्षी दलले बैठक नचलाउन सभामुखलाई आग्रह गरेका छन् ।

सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले छानबिन समिति गठनसम्बन्धी कार्यदलको टीओआरमा सहमति नभएसम्म बैठक नचलाउन विपक्षी दलहरूले आग्रह गरेपछि सभामुखले बैठक सञ्चालनमा ढिलाइ गरिरहेको जानकारी दिए ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको विपक्षी दलहरूको बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको जवाफ संसद्‌मा सुन्ने निर्णय गरेको छ । तर, विपक्षी नेताहरूले कार्यदलले संसदीय समितिको कार्यादेश टुंगो नलगाएसम्म संसद् कार्यसूचीमा प्रवेश गर्न नसक्ने बताइरहेका छन् ।

शनिबार सत्ता र प्रतिपक्ष दलहरूबीच सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएपछि कार्यादेश टुंगो लगाउन एमालेका नेता एवं कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरिएको थियो । समितिमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन् ।