काठमाण्डु- कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुडिंदा फसेर मृत्यु भएका खच्चडका मालिकलाई उचित क्षतिपूर्ति दिन संसदमा माग उठेको छ ।
बुधबार बसेको संसद बैठकमा नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले मृत्यु भएका खच्चडका मालिकलाई उचित क्षतिपूर्ति दिन माग गरिकी हुन् ।
‘पुलको लठ्ठा चुडिंदाको दृश्यले सबैको मन रोएको छ । खच्चडको मालिकलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था तुरुन्तै गरियोस् ।’, उनले भनिन् ।
जेठ २७ गते पुलको लठ्ठा चुडिंदा फसेका १३ वटा खच्चडमध्ये ११ वटाको जीवितै उद्धार भएको थियो भने दुईटाको मृत्यु भएको थियो ।




प्रतिक्रिया