प्रतिनिधि सभाको बैठक बस्दै,यस्ता छन् सम्भावित कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दै,यस्ता छन् सम्भावित कार्यसूची

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ।  बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेछ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेकाे छ।

त्यस्तै सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ।

बैठकमा पुर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पुर्वाधार विकास समितिको बार्षिक प्रतिवेदन, २०८०’ र शिक्षा स्वास्थ्य सुचना प्रविधिसमितिका सभापति अम्बरबहादुर थापाले ‘शिक्षा, स्वास्थ्य तथा सुचना प्रबिधि समितिको बार्षिक प्रतिवेदन, २०८१’ पेश गर्ने कार्यसुचीमा उल्लेख गरिएको छ ।

कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति बिमला सुवेदीले ‘बेपत्ता पारिएका ब्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संसोधन) बिधेयक सबन्धी समितिको प्रतिबेदन, २०८१ पेश गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।