काठमाण्डु – प्रतिनिधि सभा बैठकमा एमाले सांसद योगेश भट्टराईले धारणा राख्ने क्रममा ‘हिंसात्मक द्वन्द्व’ भनेपछि लफडा भएको छ । सांसद भट्टराईले बोलेको यो शव्द संसदीय रेकर्डबाट हटाउन माओवादी सांसद माधव सापकोटाले नियमापत्ति गरे पनि सभामुख देवराज घिमिरेले हटाउन निर्देशन नदिएपछि नेकपा (माओवादी केन्द्र)का सांसदहरू उठेर विरोध गरेका थिए ।
त्यसपछि सभामुख घिमिरेले माओवादी सांसद देवेन्द्र पौडेललाई बोल्न दिए । उनले यो शव्द संसद्को मर्यादाविपरीत भएको बताए ।
माओवादी सांसदहरूले पटक पटक विरोध गरेपछि सभामुख घिमिरेले संघीय संसद सचिवालयलाई भट्टराईले बोलेको शव्दबारे छानबिन गर्न आदेश दिएका थिए । त्यो आदेशबाट पनि माओवादी सांसदहरू शान्त भएनन् । त्यसपछि सभामुख घिमिरेले माओवादीका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न दिए । उनले पनि नियमापत्ति जनाए ।
तर, भट्टराईले भने धारणा राख्दा त्यो आफ्नो पार्टीको परिभाषा भएको भन्दै माओवादीले नमान्दा पनि केही फरक नपर्ने बताए । धम्कीले कोही पनि नडराउने उनको भनाइ थियो ।
प्रतिक्रिया