काठमाण्डु – नेकपा एमालेले प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध गरेको छ । एमाले सांसदहरुले बेलमा उभिएर नाराबाजी गर्दै सदन अवरुद्ध गरिरहेका छन् ।
आजै बसेको प्रतिनिधिसभाको पहिलो बैठक पनि अवरुद्ध पारेपछि १५ मिनेटका लागि स्थगित गरेका थिए । सो समयमा सभामुखले संसदको अवरोध हटाउन एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, एमाले सांसद खगराज अधिकारी लगायतसँग छलफल गरेका थिए ।
तर उक्त छलफलमा पनि सहमति जुटेन । एमाले सांसदहरुले संयमित भएर संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र बन्द गर जस्ता नारा लगाइरहेका छन् । पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले सदन अवरुद्ध पार्दै आएको छ ।




प्रतिक्रिया