काठमाण्डु – एमाले सांसदहरूको अवरोधका बीच प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक स्वीकृत भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले विधेयक पेस गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले छलफलका लागि समय दिएका थिए । सभामुखले दिएको समयमा नेपाल मजदुर किसान पार्टीका सांंसद प्रेम सुवालले भाग लिएपछि अर्थमन्त्री शर्माले जवाफ दिएका थिए ।
जवाफलगत्तै सभामुखले विधेयकलाई निर्णयार्थ प्रस्तुत गरे । बहुमत सांसदले विधेयकको पक्षमा स्वर दिएपछि सभामुखले विधेयक स्वीकृत भएको घोषणा गरे ।
विधेयक स्वीकृत भएपछि शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको छ । प्रतिनिधि सभाको अर्को बैठक २०७८ असोज ४ गते सोमबार विहान ११ बजे बस्ने सभामुख सापकोटाले जानकारी दिए ।




प्रतिक्रिया