काठमाण्डु – प्रतिनिधिसभाको बिहीवार बसेको बैठकले आर्थिक विधेयक – २०७८ पारित गरेकाे छ । आज दिउँसो २ बजे बसेको प्रतिनिधिसभाको बैठकले उक्त विधेयक पारित गरेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले आर्थिक विधेयक दफा २ देखि ४५ र सम्बन्धी अनुसूची १ देखि ४ सम्म विधेयकको अंग बनोस् भनि निर्णयार्थ प्रस्तुत गरेका थिए । एमाले सांसदहरूले नारावाजी गरेपनि सभामुख सापकोटाले संसद्को कारबाही अगाडि बढाएका थिए ।
एमाले विभाजन सभामुखले गरेकाे भन्दै एमाले सांसदहरुले संसद् अवरुद्ध गर्दै आएका छन् । आफ्ना मागहरू पुरा नभएसम्म संसद् अवरोध गर्ने एमाले सांसदहरुले बताएका छन् ।




प्रतिक्रिया