संसदमा आज पनि रोकिएन एमालेको नाराबाजी

संसदमा आज पनि रोकिएन एमालेको नाराबाजी


काठमाण्डु – प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध जनाएको छ । बुधबार सभामुख अग्निप्रसाद सापकोटाले सदन गरेलगत्तै एमाले सांसदहरूले प्रतिनिधिसभाको रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेका हुन् ।

संसदको नवौँ अधिवेशनदेखि नै एमालेका सांसदहरूले लगातार नाराबाजी गर्दै आएका छन् । संघीय संसद्को दशौँ अधिवशेन गत मंसिर २८ गतेदेखि शुरु भएको छ ।

विधेयक अधिवेशनका रुपमा रहेको चालु अधिवेशन निर्वाध रुपमा चल्ने संकेत देखिएको छैन । चालु अधिवेशनको दुई बैठकमा पनि एमालेको अवरोध कायम रह्यो । तर, अबरोधका बीच पनि संसद् कार्यसूचीमा प्रवेश गरेको छ ।