किन भयो संसद् बैठक स्थगित ?

किन भयो संसद् बैठक स्थगित ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रतिनिधिसभा बैठक गणकपुरक संख्या नपुगेपछि स्थगित गरिएको छ ।

आइतबार बसेको बैठकमा नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ लाई विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्ने क्रममा सांसद झपटबहादुर रावलले गणकपुरक संख्या एकिन गर्न माग गरेका थिए ।

यसपछि गणकपुर संख्या भए नभएको एकीन गर्ने क्रममा संख्या नपुगेको पुष्टि भएपछि सभामुख अग्निप्रसाद सापकोटाले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।

कुनै पनि प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्दा एक चौथाइ सदस्य अर्थात ६९ जना सदस्य आवश्यक पर्नेमा ६३ जनामात्र उपस्थित देखिएकाले आधा घण्टाका लागि बैठक स्थगित भएको सभामुख सापकोटाले बताए ।