झलनाथ खनालसहित तीन जना सांसद १३ वटा बैठकमा अनुपस्थित

झलनाथ खनालसहित तीन जना सांसद १३ वटा बैठकमा अनुपस्थित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – तीन जना सांसद प्रतिनिधिसभाको १३ वटा बैठकमा अनुपस्थित भएका छन् । बिहीबार सभामुख अग्नीप्रसाद सापकोटाले तीन जना सांसद १३ वटा बैठकमा अनुपस्थित भएको जानकारी गराएका हुन् ।

सांसदहरु झलनाथ खनाल, कर्मा घले र प्रदीप गिरी बिरामी भएर १३ वटा बैठकमा अनुपस्थित भएको जानकारी गराएका हुन् ।

पूर्वप्रधानमन्त्री खनाल भारतको दिल्लीमा मिर्गौला प्रत्यारोपण गराएर घरमै आराम गरिरहेका छन् । यस्तै कांग्रेस सांसदहरु कर्मा घले र प्रदीप गिरी बिरामी भएर लगातार १३ बैठकमा अनुपस्थित भएको सभामुख सापकोटाले बताए।