राष्ट्रपतिद्वारा भदौ २३ गते संसद् अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा भदौ २३ गते संसद् अधिवेशन आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरेकी छन् ।

शनिबार नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले बैठक आगामी भदौ २३ गते बुधवार अपराह्न ४ बजे बस्ने गरी बोलाएकी हुन् ।

सो अधिवेशनमा सरकारले यसअघि ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रस्तुत हुनेछ । आगामी अधिवेशनमा सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको प्रतिस्थापन गर्ने विधेयक पनि ल्याउनेछ ।

निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादीबाट विभाजित भई नयाँ दलमा जाने जनप्रतिनिधिहरूलाई सनाखत गर्न भदौ २२ गते सम्मको समय दिएको छ ।

त्यसको भोलिपल्ट संसद अधिवेशन राख्ने सरकारले निर्णय गरेको हो । शनिबार बिहानमात्रै प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताको बैठक बसेको थियो ।

उक्त बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सभामुख अग्नि सापकोटा सहभागी थिए ।

शीर्ष नेताहरूसँगको छलफलपछि बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।