काठमाण्डु – प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । आइतबारको जारी बैठकमा एमाले सांसदरूले नाराबाजी गरिरहेका हुन् ।
नाराबाजीमा एमाले संसदीय दलका नेता केपी ओली पनि सहभागी छन् । यसअघि दुई दिनको बैठकमा भएको नाराबाजीका बेला ओली आफ्नै स्थानमा बसेका थिए ।
तर, आइतबार भइरहेको नारबाजीमा ओली पनि रोस्ट्रम अगाडि उभिएर सहभागी भएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बारम्बार बैठक चल्ने वातावरण बनाउन आग्रह गरिरहेका छन् । तर, यसलाई बेवास्ता गर्दै एमाले सांसदहरूको नाराबाजी चलिरहेको छ ।
सभामुख सापकोटाले आफूले नागरिक सर्वाेच्चतता कायम गरेको र बैठकमा अवरोध सृजना गरेर अरु सांसदको बोल्न अधिकार कुण्ठित नगर्न आग्रह गरेका छन् । यसैबीच सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।




प्रतिक्रिया