यस्तो छ भोलि बस्ने संसद बैठककाे संभावित कार्यसूची

यस्तो छ भोलि बस्ने संसद बैठककाे संभावित कार्यसूची


काठमाण्डु – प्रतिनिधिसभाको दसौं अधिवेशनको दोस्रो बैठक भोलि दिउँसो १ बजे बस्दै छ । संसद सचिवालयले भोलि मंगलबार बस्ने बैठकमा प्रस्तुत हुने चार वटा कार्यसूची सार्वजनिक गरेको छ ।

मंगलबारको बैठकमा सरकारले एमसीसी टेबुल गराउने तयारी गरेको भए पनि बैठकको सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्को नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गरेको थियो । उसले दशौं अधिवेशनका बैठक पनि चल्न नदिने रणनीति तय गरेको छ ।

मंसिर २८ गते बसेको दशौं अधिवेशनको पहिलो बैठकमा पनि एमालेका सांसद्हरूले नाराबाजी गरेका थिए ।