काठमाण्डु – संघीय संसदका दुवै सदनका बैठक बस्दैछ । आज प्रतिनिधिसभा र राष्ट्रिय सभाका दुवै सदनका बैठक बस्ने भएको हो ।
राष्ट्रिय सभाको बैठक बिहान ११ बजे बस्नेछ । आजको बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभामा उत्पत्ति भएको स्टान्डर्ड नाप र तौल पाँचौ शंशोधन विद्येयक २०७६ सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ ।
यस्तै दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बोल्दै छन् । उनले कोरोना भाइरस संक्रमणको अहिलेको अवस्था र नियन्त्रणका लागि सरकारी प्रयास, खोप खरिद र खोपको अवस्थाका बारेमा जानकारी गराउने छन् ।




प्रतिक्रिया