काठमाण्डु – प्रतिनिधिसभाको शुक्रबार बस्ने बैठकका सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । संघीय संसद सचिवालयले बिहीबार सार्वजनिक गरेको शुक्रबारको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथि छलफल हुने कार्यसूची समावेश गरिएको छ ।
शुक्रबार दिउँसो १ बजे बस्ने बैठकको कार्यसूचीमा दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख गरिएको छ । ‘अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नुहुने,’ कार्यसूचीमा उल्लेख छ ।





प्रतिक्रिया