काठमाडौं – सर्लाहीमा मारिएका विप्लवका नेता कुमार पौडेल मृत्यु प्रकरणको छानविनको माग गर्दै लगातार अवरोध गर्दै आइरहेको प्रमुख प्रतिपक्षी कांग्रेस र राजपा सदन खुलाउन सहमत भएका छन् ।
तर आज बसेको सर्वदलीय बैठकमा संसदमा उत्पन्न हुने गतिरोधबारे संविधान नियम र स्थापित परम्परा अनुसार अध्ययन गर्न ७ सदस्यीय विशेष समिति गठन गर्ने सहमति भएपछि सदनको अवरोध हटाउन विपक्षी दल सहमत भएका छन् ।
उक्त विशेष समितिमा को–को रहने भन्ने कुराको टुंगो दलको सिफारिसका आधारमा सभामुखले संसदबाट स्वीकृत गराउने सहमति भएको छ ।
संसद बैठक केही बेरमा सुचारु हुँदैछ ।




प्रतिक्रिया