पुनःस्थापित संसदको पहिलो बैठक सुरु

पुनःस्थापित संसदको पहिलो बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ । आज ४ बजे बोलाइएको बैठक १ घण्टा ढिलो गरि सुरु गरिएको हो ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको संसदलाई सर्वोच्च अदालतले फागुन ११ गते बदर गरेपछिको पहिलो बैठक आज सुरु भएको हो ।

सर्वोच्च अदालतले विघटन असंवैधानिक भएको ठहर गर्दै १३ दिन भित्र प्रतिनिधि सभाको बैठक बोलाउन परमादेशको आदेश जारी गरेको थियो ।

सर्वोच्चको आदेशानुसार नै सरकारले गरेको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले आज (आइतबार) दिनको ४ बजे बस्ने गरी प्रतिनिधि सभाको अधिवेशन बोलाएकी थिइन् ।