म पक्राउ परेको छैन, राजनीतिक चरित्र हत्या गरियो : सांसद बानियाँ

म पक्राउ परेको छैन, राजनीतिक चरित्र हत्या गरियो : सांसद बानियाँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रदेश सभा सांसद इन्द्र बानियाँले जुवाखालबाट आफू पक्राउ परेको भन्ने समाचारको खण्डन गरेका छन् । सञ्चारमाध्यममा जुवाखालबाट आफू पक्राउ परेको भन्ने समाचार आएपछि बानियाँले राजनीतिक चरित्र हत्या गर्न यस्तो भ्रम फैलाइएको भन्दै आफु पक्राउ नपरेको बताएका हुन् ।

आइतबार महाराजगञ्ज प्रहरीले पक्राउ गरेका २५ जुवाडेहरुमा बानियाँ पनि परेको भन्ने समाचार प्रकाशित भएको थियो । मकवानपुर कांग्रेसका सभापति बानियाँ मकवानपुर क्षेत्र नम्बर २ अन्तरगत प्रदेश २ बाट विजयी प्रदेशसभा सदस्य हुन् । प्रहरीले शनिबार राति राजधानीको महाराजगन्जमा जुवाखालबाट २ करोड ६७ लाख नगद र ३ लाखको चेकसहित २५ जनालाई पक्राउ गरेको थियो ।