संसद् भवन निर्माणमा भएको ढिलाइप्रति सहरी विकासमन्त्री असन्तुष्ट

संसद् भवन निर्माणमा भएको ढिलाइप्रति सहरी विकासमन्त्री असन्तुष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह सिंहदरबारमा निर्माण भइरहेको संसद् भवन निर्माणको गति सुस्त देखिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । निर्माणाधिन भवनको मंगलबार बिहान निरीक्षण गर्दै मन्त्री सिंहले काम गति सुस्त भएकाले सिफ्ट बढाएर भए पनि बाँकी रहेको काम ९ महिनाको समयावधिभित्र सक्न निर्देशन दिए।

सिफ्ट बढाउने विषयमा आवश्यक सहजीकरण गर्न मन्त्रालय तयार रहेको बताए ।

‘समयमा भवन निर्माणको काम सम्पन्न गर्न के समस्या छ ? मन्त्रालयले के सहजीकरण गर्नुपर्छ ? मन्त्रालय तयार छ । काम छिटो हुनुपर्‍यो । दोहोरो, तेहरो सिफ्टमा काम गरेर भए पनि बाँकी रहेको समयावधि ९ महिनामा बाँकी सबै काम काम सक्नुपर्‍यो,’ उपप्रधानमन्त्री सिंहले भने ।

निर्माण सम्झौता अनुसार संसद् भवन निर्माण कम्पनीले आगामी नौ महिनामा काम सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्छ । तर, ठेकदार कम्पनीले काममा दिएको गति हेर्दा त्यो सम्भव देखिन्न ।

सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले कम्तीमा दुई सिफ्टमा काम गर्न ठेकदार कम्पनीलाई निर्देशन दिए पनि हाल एक सिफ्टमा मात्रै काम भइरहेको बताए । प्रतिदिन ७ सय जनाले काम गर्नुपर्नेमा एक डेढ सयले काम गरेपछि निर्माणमा ढिलाइ भएको उनले बताए ।

सिंहदरबार परिसरमा संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको भवन निर्माणको काम भइरहेको छ।