काठमाण्डु – प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाईको आजको बहस सकिएको छ । संवैधानिक इजलासमा जारी बहस आइतबार हुनेछ ।
संवैधानिक इजलासमा रिट निवेदक पक्षका वकिल र महान्यायाधिवक्ता रमेश बडालबीच विवाद भएपछि प्रतिनिधिसभा विघटन र धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटमाथिको सुनुवाइ स्थगित भएको हो ।
अधिवक्ता गोविन्द बन्दीले न्यायाधीश श्रेष्ठलाई संवैधानिक इजलासमा राखेकामा प्रश्न उठाए । अधिवक्ता बन्दीले न्यायाधीश श्रेष्ठको इजलासले नेकपालाई दुई टुक्रा बनाएको भन्दै संसद विघटन पनि सोही विषयसँग जोडिएकाले श्रेष्ठको सहभागीताले प्रश्न उठेको बताएका थिए ।
न्यायाधीश श्रेष्ठ र कुमार रेग्मीको इजलासले गत फागुन २३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग हुने फैसला गरेको थियो ।
कानुन व्यवसायीले आपत्ति जनाएपछि इजलासमा विवाद भएको थियो । निवेदकमध्येका सन्तोष भण्डारीले पहिलो बहस गरेका थिए ।




प्रतिक्रिया