काठमाण्डु – प्रतिनिभिसभा विघटनविद्धसर्वोच्च अदालतमा परेको रिट निवेदनतर्फका कानुन व्यवसायीको बहस आज सकिँदैछ । संवैधानिक इजलासले निवेदकतर्फका कानुन व्यवसायीका लागि बहस गर्न तोकेको १२ घण्टा समयमध्ये अब दुई घण्टा ३५ मिनेट मात्रै बाँकी छ ।
निवेदकतर्फका कानुन व्यवसायीको बहस सकिएपछि सरकारी पक्षका कानुन व्यवसायी र सरकारी वकिलले बहस गर्नेछन् ।निवेदकतर्फका कानुन व्यवसायीले प्रत्युत्तर बहसका लागि भने थप ३ घण्टा समय पाउनेछन् ।
सभामुख अग्नि सापकोटाका कानुन व्यवसायी सहित सरकार पक्षका कानुन व्यवसायीलाई बहसका लागि संवैधानिक इजलासले १५ घण्टा समय तोकेको छ ।




प्रतिक्रिया