काठमण्डु – प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि बहस हुँदैछ । आज हुने बहसमा राष्ट्रपति र प्रधानमन्त्रीका निजी कानुन व्यवसायीले बहस गर्दैछन् । बहस पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले सुरु गर्दैछन् । उनका लागि एक घण्टा समय छुट्याइएको छ ।
पूर्वमहान्यायाधिवक्ता खरेलपछि बरिष्ठ अधिवक्ता सुरेन्द्र महतो, पर्शुराम कोइराला, सुवाश आचार्य, महेश नेपाल, विश्वमणि अधिकारी, टंक दुलाल, इश्वरी भट्टराई, भोजराज आचार्य, रवीनारायण खनाल लगायतले बहस गर्दैछन् । उनीहरुको बहस सकिएपछि सभामुखका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् । उनीहरुका लागि एक घण्टा समय छुट्याइएको भएपनि केही समय थप गर्ने इजलासको तयारी छ।
उनीहरुका लागि तोकिएको साढे ४ घण्टा समय बाँकी छ । त्यसपछि पुनः रिट निवेदक पक्षका कानुन व्यवसायीले ३ घण्टा जवाफी बहस गर्नेछन् । जवाफी बहसपछि एमिकस क्युरीलाई राय राख्न २ घण्टा समय तोकिएको छ ।
गत जेठ ८ गते सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा ३० रिट दर्ता भएका छन् । अहिले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४६ सांसदको रिटमा सुनुवाई भइरहेको हो ।




प्रतिक्रिया