संसद विघटनविरुद्ध परेको मुद्धाको अर्को सुनुवाई २९ गते हुने

संसद विघटनविरुद्ध परेको मुद्धाको अर्को सुनुवाई २९ गते हुने


काठमाण्डु – संसद विघटनविरुद्ध परेको मुद्धाहरुको अर्को सुनुवाई एक हप्ता पर सरेको छ ।

संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनविरुद्धको रिट नहेर्ने भएपछि आजको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्धाहरुको अर्को सुनुवाई आउने २९ गते बुधबार हुने निर्णय गरेको छ ।

पुस १० गते हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको इजलास गठन भएको थियो । सोही इजलासमा बुधवार आजबाट बहस शुरू भएको थियो ।

आजको सुनुवाइका क्रममा बरिष्ठ अधिवक्ता रमण श्रेष्ठले संवैधानिक इजलासले भन्दा पनि वृहत पूर्ण इजलासले यो विषयमा राम्ररी निर्णय गर्न सक्ने भन्दै वृहत पूर्ण इजलासमा पठाउनु पर्ने माग गरेका थिए ।

आउने बुधबार संवैधानिक इजलासमै मुद्दाको सुनुवाइ हुनेछ । सोही दिनको इजलासले नै वृहत पूर्ण इजलासमा मुद्दा पठाउने कि आफैं सुनुवाइ गर्ने भन्नेबारे निर्णय गर्ने छ ।