काठमाण्डु – प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमाथि आजबाट पुनः बहस सुरु भएकाे छ।
न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार एक दिन स्थगित गरिएको बहस आजबाट पुनः सुरु भएकाे हाे ।
संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १३ वटा मुद्दामाथि माघ चार गतेदेखि निरन्तर बहस हुँदै आएको छ ।
अहिले प्रधानमन्त्रीका निजी कानून व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस गरिरहेका छन् । यसअघि रिट निवेदकका तर्फबाट ७० जनाभन्दा बढीले बहस गरेका थिए ।




प्रतिक्रिया