काठमाण्डु – प्रतिनिधिसभा विघटनको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । प्रतिनिधि सभा विघटनबारे परेका मुद्दा भोलि संवैधानिक इजलासमा सुनुवाइ हुने भएको हो ।
आजको इजलासमा रिट निवेदकका अधिवक्ताहरुले बहस गरेको छ । आइतबारको बहसमा ती मुद्दाहरूको प्रथम सुनुवाइ नसकिएकाले भोलि फेरि सुनुवाइ हुने भएको हो ।
सोमबारको इजलासमा संवैधानिक इजलासका न्यायाधीशहरू बमकुमार श्रेष्ठ र तेजबहादुर केसीबारे निर्णय हुनेछ । उनीहरुलाई संवैधानिक इजलासमा राख्ने किन नराख्ने बारे निर्णय हुने बताइएको छ ।




प्रतिक्रिया