संसद विघटनः प्रधानमन्त्रीको तर्फबाट बहस सकियो, सभामुखको तर्फबाट ३ जनाले बहस गर्ने

संसद विघटनः प्रधानमन्त्रीको तर्फबाट बहस सकियो, सभामुखको तर्फबाट ३ जनाले बहस गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संसद विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजालासमा बहस जारी छ । माघ १९ गते प्रधानमन्त्रीको तर्फबाट सुरु भएको बहसमा ९ दिनसम्म चलेर आज सकिएको छ ।

९ दिनमा ४९ जना अधिवक्ताले प्रतिनिधिसभा विघटनको पक्षमा बहस गरेका थिए । प्रधानमन्त्रीको तर्फबाट बहस सकिएसँगै आज बिहीबारबाटै सभामुखको तर्फबाट बहस सुरु भएको छ ।

सभामुखको तर्फबाट वरिष्ठ अधिवक्ता लवकुमार मैनाली, अधिवक्ताहरू श्रीकृष्ण सुवेदी र श्यामप्रसाद खरेलले बहस गर्न लागेको सर्वोच्च अदालतले जनाएको छ । अधिवक्ता श्रीकृष्ण सुवेदीले सभामुखको तर्फबाट बहस सुरु गरेका छन् ।

संसद विघटन विरुद्धको बहस प्रधान्यायाधीश चोलेन्द्रशमसेर जबरासहित न्यायाधीशहरू विश्म्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजालासमा चलिरहेको छ ।