संसद विघटन विरुद्धको मुद्दामा सुनुवाई सुरु

संसद विघटन विरुद्धको मुद्दामा सुनुवाई सुरु


काठमाण्डु – प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि आजबाट अन्तिम बहस सुरु भएको छ । संवैधानिक इजलासमा सुरु भएको आजको बहसमा सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्नी खरेल र वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गर्ने भएका छन् ।

दुई तिहाइ बहुमत नजिक रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गर्न नसक्ने भन्दै अधिवक्ता सन्तोष भण्डारी लगायत अधिवक्ताहरु दिनेश त्रिपाठी, कञ्नकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओली, शालिकराम सापकोटा, समृत खरेल, ज्ञानेन्द्रराज आरण, अमिता गौतम पौडेललगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

ती सबै रिटहरुलाई संवैधानिक इजलासमा पठाउन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आदेश दिएपछि आजदेखि संवैधानिक इजलासमा अन्तिम सुनुवाई सुरु भएको हो । यो मुद्दामा सर्वोच्चलाई सघाउन ५ सदस्यीय एमिकस क्युरी समेत गठन गरिएको छ ।