प्रतिनिधिसभा विघटनको रिटको सुनुवाईका लागि संवैधानिक इजलास पुर्नगठन, को–को परे ? (सूचीसहित)

प्रतिनिधिसभा विघटनको रिटको सुनुवाईका लागि संवैधानिक इजलास पुर्नगठन, को–को परे ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र समसेर राणाले संवैधानिक इजलास पुर्नगठन गरेका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको सुनुवाईका लागि प्रधानन्यायाधीश राणाले  वरिष्ठताका आधार संवैधानिक इजलास पुर्नगठन  गरेका हुन् ।

इजलासमा प्रधानन्यायाधीश राणासहित न्याायधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेका छन् ।

जेठ १४ गते गठन गरिएको संवैधानिक इजलासमा विपक्षी वकिलहरुले न्यायाधीशद्वव बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई हटाउनुपर्ने माग गरेपछि उनले इजलास पुर्नगठन गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले गत जेठ ७ गते प्रतिनिधि सभा विघटन गरेर मध्यावधी निर्वाचनको मिति तोकेका थिए । संसद विघटन गर्नु असंवैधानिक कार्य भएको भन्दै विपक्षी दलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । विपक्षी गठबन्धनका तर्फवाट १४६ सांसदले श–शरीर उपस्थित भएर सर्वोच्चमा रिट दायर गरेका हुन्