शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको कोरोना परीक्षण गरिने

शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको कोरोना परीक्षण गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको कोरोना परीक्षण गर्ने भएको छ ।

सचिवालयले आज एक सूचना जारी गर्दै सांसद, संसदका कर्मचारी तथा सचिवालयका कर्मचारी, संसदीय मामिलाका पत्रकारलगायतको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्न लागिएको जानकारी दिएको हो ।

सचिवालयका अनुसार शुक्रबार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म कोरोना परिक्षण गरिँदैछ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल नयाँ बानेश्वरमा कोरोना परिक्षण गर्नेसमेत बताइएको छ ।

सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेर साउन तीन गते भित्र बैठक राख्न आदेश दिएपछि सांसदहरूको कोरोना परीक्षण गर्न लागिएको हो ।