महिला हिंसा सम्बन्धमा सांसदले गराए ध्यानाकर्षण प्रस्ताव दर्ता

महिला हिंसा सम्बन्धमा सांसदले गराए ध्यानाकर्षण प्रस्ताव दर्ता


काठमाडौं – प्रतिनिधिसभाका सांसदहरुले सार्वजनिक महत्वको ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका छन् । कोरोना भाइरसको महामारी महिलामाथि हत्या हिंसा र बलात्कारका घटना बढिरहेको भन्दै सांसदद्वय डा. डिला संग्रौला पन्त, प्रमिला राई र हिरा गुरुङले सभामुख अग्नि सापकोटामार्फत गृहमन्त्री रामबहादुर थापा बादललाई ध्यानाकर्षण गराएका हुन् ।

सांसदहरुले सरकारलाई महिला तथा बालवालिका माथि भएको हिंसालाई सम्वोधन गर्न र महिला तथा बालवालिका माथि हुने हिंसालाई न्युुनिकरण गर्न महिला तथा वालबालिका माथि थप संकट आउन नदिन तत्काल सदनले सरकारलाई मार्ग निर्देशक गर्न अपरिहार्य भएकोले बताएका छन् ।

लकडाउनको अवधिमा महिला तथा बालबालिकाहरुमाथि बलात्कार र यौन हिंसाका घटनामा झन् भयावह भएको भन्दी उनीहरुले गृहमन्त्रीको ध्यानआकर्षण गराएका हुन् ।

उनीहरुले सरकराले सञ्चालन गरेका क्वारेन्टाइनमा नै महिलाहरु असुरक्षीत रहेको बताउँदै यस्ता घटना रोक्न सरकारले टोल टोलमा निगरानी समूह गठन गर्न स्थानीय सरकारलाई निर्देशन दिनुु पर्ने माग गरेका छन् ।

‘महिलाहरुको न्यायमा सुुनिश्चित गर्नको लािग वलात्कारका घटनाको उजुरी गर्नको लागि टोल टोलमा हटलाइन सेवाको व्यवस्थापन गर्ने । डब्ल्यूएचओको मापदण्ड अनुुरुप क्वारेन्टाइनको व्यवस्थापन महिलामैत्री, बालवालिकामैत्री, अपाङ्गकतामैत्री हुुनुुपर्ने ’, उनीहरुको ध्यानआकर्षणपत्रमा भनिएको छ, ‘पिडितको र निजको आश्रित परिवारको सुरक्षा र राहत कोषको तत्काल व्यवस्था गर्ने । लकडाउनमा भएका महिला माथि भएका घटनाको एकृकित तथ्याङ्कको अभिलेख राख्न र अनुुसन्धान प्रक्रियालाई छिटो छरितो र सहज तरिकाले अगाडि वढाउन प्रहरी, महान्याधिवतmाको कार्यलयलाई निर्देशन दिने ।’

सांसदहरुले अपाराधीलाई कानूनको दायरामा ल्याई मुुलुकी अपराध सहिता २०७४ ले गरेको व्यवस्था अनुुरुप सजाय दिलाई पिडितको क्षतिपुुर्तिको सुनिश्चित गर्न माग गरेका छन् ।

‘स्थानिय तहसंग समन्वय गरी स्थानिय तहमै पिडितको लागि मनोपरापमर्श सेवा, निशुुल्क कानूनी सेवा र प्रमाणको सुुरक्षा, साक्षीको संरक्षणको लागि प्रहरी निकाय र स्थानिय तहलाई समन्वय गर्न निर्देशन गर्ने ’, उनीहरुल्े भनेका छन्, ‘न्याय सम्पादन दुु्रत गतिमा फास्ट ट्र्याक सिस्टम माध्यमबाट मुुद्दाको प्रक्रियालाई सहज बनाउने सम्वन्धमा ।’