पूर्वसांसद गायत्री साहले १० करोड क्षतिपूर्ति माग्दै मेडिसिटी अस्पतालविरूद्ध हालिन् मुद्धा

पूर्वसांसद गायत्री साहले १० करोड क्षतिपूर्ति माग्दै मेडिसिटी अस्पतालविरूद्ध हालिन् मुद्धा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वसांसद गायत्री साहले दस करोड क्षतिपूर्ति माग गर्दै मेडिसिटी अस्पतालविरूद्ध अदालतमा मुद्दा हालेकी छन् । पूर्वसांसद साहले अस्पतालले गलत रिपोर्ट दिएका कारण डाउन सिन्ड्रोम भएको बच्चा जन्माउनु परेको र त्यसको जीवनभरको उपचार खर्च भन्दै १० करोड रकम क्षतिपूर्तिस्वरूप माग गर्दे जिल्ला अदालत ललितपुरमा मुद्धा दर्ता गरेको अदालतले जनाएको छ ।

मेडिसिटी अस्पताल र त्यहाँका डाक्टरका कारण आर्थिक, मानसिक र शारीरिक क्षति भएको भन्दै उनले असोज २८ गते मुद्दा दायर गरेकी हुन् । उक्त मुद्दालाई अदालतले प्रक्रियामा लगेको छ ।  साहले गत फागुन २८ गते मेडिसिटी अस्पतालमा छोरालाई जन्म दिएकी थिइन् । तर, शारीरिक विकास नहुने किसिमको ‘डाउन सिन्ड्रोम’ भएको शिशु जन्मिएपछि उनले लामो समयसम्म बच्चा अस्पतालबाट लगिनन् ।

उच्च अदालत पाटनले आदेश दिएपछि उनले बच्चालाई घर लगेकी छिन् । तर, नियमित उपचार खाँचो रहेको भन्दै उनले बच्चालाई कुनै बेला अस्पताल लैजानुपर्ने बताएकी छिन् ।